Like us!
Follow us!

राष्ट्र बैंकले १० अर्ब २५ करोडको ट्रेजरी बिक्री गर्दै

राष्ट्र बैंकले १० अर्ब २५ करोडको ट्रेजरी बिक्री गर्दै

लगानी खबर, काठमाडौँ - नेपाल राष्ट्र बैंकले  १० अर्ब २५ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैंकले ९१ दिनकाे अवधिकाे लागि ८ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७८ साल असार २९ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले १८२ दिनकाे अवधिकाे लागि २ अर्ब २५ करोड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७८ साल असाेज २६ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल भाेलि (चैत्र ३० गते, साेमबार) दिउँसो ३ बजे बोलकबाेल भएर पर्सी (चैत्र ३१ गते, मंगलबार) बिक्री हुनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6072d56a14d58.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।