लगानी खबर, काठमाडौँ - सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गर्न लागेकाे साधारण सेयर (आईपीओ) को रेटिङ सम्पन्न गरेको छ ।
कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘ट्रीपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० करोड रूपैयाँ बराबरकाे ६० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्दैछ । हालसम्म कम्पनीले सेबाेनमा भने निवेदन पेश गरेकाे छैन । कम्पनीले यसअघि नै आईपीओ निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेकाे छ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० कराेड रूपैयाँ रहेको छ । साधारण सेयर (आईपीओ) निष्कासन गरे पश्चात कम्पनीकाे चुक्ता पूँजी २ अर्ब रूपैयाँ पुग्नेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।