Like us!
Follow us!

अब  ‘मेरो सेयर’को पासवर्ड आफैं रिसेट गर्न सकिने !

अब  ‘मेरो सेयर’को पासवर्ड आफैं रिसेट गर्न सकिने !

लगानी खबर, काठमाडौं - नेपाल सिडीएस एण्ड क्लियारिङ्ग लिमिटेड (सीडीएससी) ले ‘मेरो सेयर’ पोर्टलको पासवर्ड आफैँ रिसेट गर्न सकिने सुविधा ल्याउन लागेको छ । अहिले 'मेरो सेयर' सफ्टवेरमा अपग्रेडिङका कार्य भइरहेको र यो कार्यको सम्पन्न भएलगत्तै लगानीकर्ताहरुले नै पासवर्ड रिसेट गर्नम मिल्ने सुविधा ल्याउन लागिएको सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले  जानकारी दिए । 

उनका अनुसार 'मेरो सेयर' सफ्टवेरको अपग्रेडिङ कार्य अन्तिम चरणमा पुगेको छ । अपग्रेड भएपछि अब मेरो सेयरमा पहिलेजस्तो  प्राविधिक समस्या नआउने सीडीएससीको दाबी छ । 

हालसम्म  ‘मेरो सेयर’ को पासवर्ड बिर्सेमा लगानीकर्ताले  सम्बन्धित क्यापिटलमा नै पुगेर रिसेट गर्नुपर्ने प्रावधान रहेको छ । यो सेवा निशुल्क भएपनि कतिपय यस्तो सेवाप्रदायक कम्पनीहरुले भने शुल्क लिँदै आएका थिए । यो सुविधा लागू भएपछि लगानीकर्ताले घन्टौं लाइन बसेर पासवर्ड रिसेट गर्नुपर्ने प्रावधान हट्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।