लगानी खबर, काठमाडौं - विभिन्न १० कम्पनी वार्षिक साधारण सभा आह्वान गरेका छन् । जसमध्ये, पाँच वटा लघुवित्त, ४ वटा इन्स्योरेन्स कम्पनि र एक वटा फाइनान्स कम्पनी रहेको छ ।
कुनको एजेण्डा के ?
१. उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड
उन्नति सहकार्य लघुवित्तले एफपिओ निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको छैटौं सभा होटल पौवा, रुपन्देहीमा चैत्र ३१ गते मंगलबार बिहान १०:३० मा सुरु हुनेछ ।
सभामा बोनस सेयर बाँडफाँड पश्चात सर्वसाधारण सेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न १ करोड ३७ लाख २८ हजार बराबरको एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी, सभामा संचालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १७.८१०३८७२१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन र अन्त वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने र संस्थापक समुहका ४ जना तथा सर्वसाधारण समूह २ जना गरि ६ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले चैत्र १७ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
२. आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड
आरम्भ चौतारी लघुवित्तले वार्षिक सभा आह्वान गरेको छ । संस्थाको चैत ९ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार संस्थाको पाँचौं वार्षिक सभा बैठकले चैत ३१ गते मंगलबार, पन्चकन्या बेन्क्वेट बनेपा काभ्रेपलाञ्चोकमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा संचालक समितिले प्रस्य्ताव गरेबमोजिम आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८.८५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन र अन्त वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने र संस्थापक समुहका ४ जना तथा सर्वसाधारण समूह २ जना गरि ६ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छ ।
संस्थाले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १८ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत १७ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
३.सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड
सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीको वार्षिक सभा चैत्र ३१ गते मंगलबार स्याङ्जास्थित पुतलीबजार नगरपालिकाको सहयात्रा पार्टी प्यालेसमा हुँदैछ ।
सभामा कम्पनीले संस्थापक र सर्वसाधारण सेयरधनीको हिस्सा ७०:३० कायम गर्न एफपिओ निष्कासन गर्ने विशेष प्रस्ताव गरिनेछ ।
त्यसैगरी, सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम १५.३४५७७ प्रतिशत बोनस सेयर र ०.८०७६७ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरि कुल १६.१५३४४५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी २१ करोड ५० लाख ४२ हजार ९ सय २५ रुपैयाँ रहेको छ।
त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन र अन्त वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १९ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । चैत्र १८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
४. सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड
सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपिओ निष्कासन गर्ने प्रस्तावसहित बार्हाैँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।
संस्थाकाे चैत्र ९ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा वैशाख ३ गते शुक्रबार, होटेल अरनिको ,धुलिखेलमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा एफपिओ निष्कासन गर्ने प्रस्ताव पेश हुनेछ ।
यसैगरी, सभामा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ८.१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४२ नगद वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमाेदन गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने, संस्थापक समुहका ४ जना तथा सर्वसाधारण समुहका २ जना गरि ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।
त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र १९ गतेदेखि वैशाख ३ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, चैत्र १८ गतेसम्म नेप्सेमा काराेबार भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
५. कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले दशौं र एघारौं वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।
संस्थाकाे चैत्र ११ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा वैशाख ७ गते मंगलबार, टास्क इन्टरनेशनलको सभाहल, पोखरा, कास्कीमा बिहान ८ बजेबाट सुरू हुनेछ ।
सभामा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बाेनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
सभामा संस्थाकाे सेयर स्वामित्व संस्थापकतर्फको ५४.५२ र सर्वसाधारणतर्फ ४५.४८ कायम गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
यस्तै, सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमाेदन गर्ने, बाह्य लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने, संस्थापक समुहका ४ जना तथा सर्वसाधारण समुहका २ जना गरि ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।
त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत २२ गतेदेखि वैशाख ७ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, चैत्र १९ गतेसम्म नेप्सेमा काराेबार भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
६. अजोड इन्स्योरेन्स लिमिटेड
अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा आह्वान छ।कम्पनी सञ्चालक समितिको चैत १६ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको उक्त सभा वैशाख ७ गते मंगलबार, वल्र्ड ट्रेड सेन्टरको डीईसीसी, अमन हल त्रिपुरेश्वरमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले हाल कायम चुक्तापुँजीको ५० प्रतिशत अर्थात प्रत्येक २ कित्ता सेयरबराबर थप १ कित्ताका दरले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, सभमा कम्पनीको अधिकृत पुँजी वृद्धि गर्ने तथा हकप्रद सेयरको हदसम्म जारी पुँजी तथा चुक्तापुँजी वृद्धि गर्ने र सोहीअनुसार कम्पनीको नियमावलीको नियम २४(२) र नियम ४० मा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
यसका साथै, सभामा सञ्चालक समितिका तर्फबाट प्रस्तुत हुने गत आर्थिक वर्षको तेस्रो वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायत विविध एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ ।
कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले यही चैत २४ गतेदेखि वार्षिक साधारणसभा सम्पन्न नभएसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, चैत २३ गतेसम्म कायम सेयरधनीहरुमात्र वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।
७. जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको उक्त सभा वैशाख २६ गते, कम्पनीको केन्द्रिय कार्यालय, हात्तिसार , काठमाडौंमा विहान ११ बजे सभासुरु हुनेछ ।
सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय छलफल गरी पारित गर्नेछ । साथै सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी एक महिलासहित दुई सञ्चालकको निर्वाचन समेत सभाले अनुमोदन गर्नेछ।
कम्पनीले वार्षिक सभा प्रयोजनका लागि वैशाख १० गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले वैशाख ९ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले गत असोजमा सर्वसाधारण सेयरधनीहरुलाई साधारण सेयर (आईपीओ) जारी गरेको थियो । आईपीओ जारी गरेको पहिलो पटक कम्पनीले वार्षिक साधारण सभा गर्न लागेको हो ।
गोर्खाज फाइनान्स लिमिटेड
८.गोर्खाज फाइनान्स लिमिटेड
गोर्खाज फाइनान्स लिमिटेडले २६औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको चैत २६ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा २०७८ साल बैशाख २१ गते मंगलबार हुनेछ ।
यस पटक कम्पनीका सेयरधनीको हात खाली हुने भएको छ कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै प्रतिफल वितरण नगर्ने भएको छ ।
कम्पनीको हालको चुक्ता पूँजी ८६ करोड ७९ लाख रहेको छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि बैशाख ६ गतेदेखि बुकक्लोज गर्दैछ त्यसैले बैशाख ५ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
९.रिलायन्स फाइनान्स लिमिटेड
रिलायन्स फाइनान्स लिमिटेडले एक सार्वजनिक सूचना निकाल्दै आफ्नो एघारौँ साधारण सभा डाकेको छ। फाइनान्सले बैशाख २२ गते, लैनचौर बैंक्वेट, लैनचौरमा एघारौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा भर्चुअल माध्यमबाट सञ्चालन गर्ने फाइनान्सले जनाएको छ।
सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुल चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लिएर आएको छ।
साथै, अन्य उपयुक्त बैंक तथा वित्तीयसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि अगाडी सारेको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले बैशाख १० गते एक दिनको लागि बुकक्लोज मिति तय गरेको छ जसअनुसार अनुसार बैशाख ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले फाइनान्सको साधारण सभामा सहभागिता र लाभांश प्राप्त गर्नेछन।
१०.आईएमई जनरल इन्स्योरेन्स लिमिटेड
आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले ७ प्रतिशत बोनस सेयरपछि ४० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।
साथै, बैठकले २३ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको उक्त सभा बैशाख १२ गते केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा विहान १० बजे सभा सुरु हुनेछ । सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तिय विवरणहरु पारित गर्नेछ भने चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको गरी निजको पारिश्रमिक तोक्ने लगायत एजेन्डाहरुमाथि छलफल गरी पारित गर्नेछ ।
सभाले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ८ करोड रुपैयाँ रहेको छ बोनस र ४० प्रतिशत हकप्रद सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ६२ करोड पुग्ने छ ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ७ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.३७ प्रतिशत नगद गरि कूल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभामा उक्त लाभांश पनि पारित गरिनेछ ।