Like us!
Follow us!

आइतबार ४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतबार ४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लगानी खबर, काठमाडौं - आज (आइतबार) नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) नेपाली बजारमा छापावाला सुनको मूल्य ८९ हजार ५ सय रुपैयाँ कायम भएको छ । गएको (शुक्रबार) तोलाको ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार ४ सय रुपैयाँले घटेको हो ।  

त्यसैगरी, तेजावी सुनको मूल्य आज ८९ हजार ५० रुपैयाँ कायम भएको छ । गएको शुक्रबार तेजावी सुनको मूल्य ८९ हजार ४ सय ५० रुपैयाँ कायम भएको थियो । 

त्यस्तै, आज आइतबार चाँदीको मूल्य पनि घटेको छ । गत शुक्रबार तोलाको १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।