Like us!
Follow us!

गोर्खाज फाइनान्सका सेयरधनीको हात खाली !

गोर्खाज फाइनान्सका सेयरधनीको हात खाली !

लगानी खबर, काठमाडौं - गोर्खाज फाइनान्स लिमिटेडले २६औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको चैत २६ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा  २०७८ साल बैशाख २१ गते मंगलबार हुनेछ ।

यस पटक कम्पनीका सेयरधनीको हात खाली हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै प्रतिफल वितरण नगर्ने भएको छ ।
कम्पनीको हालको चुक्ता पूँजी ८६ करोड ७९ लाख रहेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि बैशाख ६ गतेदेखि बुकक्लोज गर्दैछ त्यसैले बैशाख ५ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:- 

60701f6a10bd1.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।