Like us!
Follow us!

यस साता २५ सयले बढ्यो सुनको मूल्य

यस साता २५ सयले बढ्यो सुनको मूल्य

लगानी खबर, काठमाडौं - नेपाली बजारमा यस साता सुनचाँदीको मूल्यले उकालो यात्रा तय गरेको छ । अघिल्लो साताको शुक्रबार तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यस साताको शुक्रबारसम्म आइपुग्दा तोलामा २ हजार ५ यस रुपैयाँले बढेर ८९ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो साता छापावाला सुनको मुल्या ११ सय रुपैयाँले बढेको थियो ।

त्यसैगरी, अघिल्लो साताको शुक्रबार तेजावी सुनको मूल्य तोलाको ८६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो भने यस साताको शुक्रबारसम्म आइपुग्दा तोलामा २ हजार ५ यस रुपैयाँले बढेर ८९ हजार ४ सय ५० कायम भएको छ । 

त्यस्तै, यस साता चाँदीको मूल्य पनि बढेको छ । गएको शुक्रबार तोलाको १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सय साताको शुक्रबारसम्म आइपुग्दा तोलामा ४० रुपैयाँले बढेर १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ । 
 

60701d3ca530c.PNG 60701d4269d4f.PNG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।