Like us!
Follow us!

बीएफआईएनले आईपीओ निष्कासन गर्न बिक्री प्रबन्धक नियुक्त गर्‍यो : ५५ हजार कित्ता आईपीओ आउँदै !

बीएफआईएनले आईपीओ निष्कासन गर्न बिक्री प्रबन्धक नियुक्त गर्‍यो : ५५ हजार कित्ता आईपीओ आउँदै !

लगानी खबर, काठमाडौँ - बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बीएफआईएन) ले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । 

कम्पनीले प्रति सेयर एक सय रूपैयाँ अंकित दरको ५५ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्रीका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ  । 

उक्त सम्झाैतापत्रमा एनआईसी एशिया क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझी र बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक डा. विनोद आत्रेयले हस्ताक्षर गरेका हुन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।