लगानी खबर, काठमाडौं – सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले चैत्र ६ गते, शुक्रबारदेखि चैत्र १० गते, मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) आज (चैत्र २७ गते, शुक्रबार) बाँडफाँड सम्पन्न भएकाे छ । उक्त आईपीओ मेगा क्यापिटलको कार्यालयमा बाँडफाँड भएकाे हाे ।
गाेलाप्रथाद्वारा गरिएकाे बाँडफाँडमा २ लाख ६९ हजार ७ सय जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । यता बाँकी १२ लाख ९५ हजार ८ सय ३० जना आवेदकहरू भने सेयर पाउनबाट वञ्चित भएका छन् ।
कम्पनीकाे आईपीओमा १५ लाख ६५ हजार ५ सय ३० जनाको आवेदन परेको थियाे । जसमध्ये, ५ हजार ७ सय २८ जना आवेदकाे आवेदन रद्द भएकाे थियाे र बाँकी १५ लाख ५९ हजार ८ सय २ जना मात्र योग्य आवेदक रहेका थिए ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे छ ।
कसरी हेर्ने नतिजा ?
कम्पनीकाे आइपिओको नजिता सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे www.iporesult.cdsc.com.np नामक वेभसाइटबाट हेर्न सकिनेछ । यसका साथै, निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड र सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडकाे वेभसाइटबाट पनि नजिता हेर्न सकिनेछ ।
यसअघि आर्थिक सञ्चार माध्यमहरूले पनि नतिजा प्रकाशन गर्दै आइरहेकामा हालै मात्र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले लगानीकर्ताहरूकाे गाेपनियतालाई ध्यानमा राख्दै अनलाइन सञ्चार माध्यमहरूले नतिजा प्रकाशन गर्न नपाउने नियम बनाएकाे हाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।