Like us!
Follow us!

शुक्रबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लगानी खबर, काठमाडौं - आज (शुक्रबार) पनि नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । 

हिजो (बिहीबार) तोलाको ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार ९ सय रुपैयाँले बढेर तोलाको ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो पनि सुनको मूल्य बढेको थियो ।

त्यसैगरी, तेजावी सुनको मूल्य आज ८९ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य ८८ हजार ५ सय ५० रुपैयाँ कायम भएको थियो । 

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो बिहीबार तोलाको १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २० रुपैयाँले बढेर तोलाको १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।