Like us!
Follow us!

सोमवार दोस्रो घण्टामा १४ दशमलव ५८ अंकले बढ्यो नेप्से (१२ बजेको अपडेट)

सोमवार दोस्रो घण्टामा १४ दशमलव ५८ अंकले बढ्यो नेप्से (१२ बजेको अपडेट)

लगानीखबर, काठमाडौं–  सोमवार नेप्से कारोबार भएको दास्रो घण्टामा १४ दशमलव ५८ अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको बजार कारोबारको यस अवधिमा १ दशमलव शून्य ३ प्रतिशत बढेर १ हजार ४२४ दशमलव ९२ विन्दुमा पुगेको छ । 

दोस्रो घण्टाको अवधिमा १७७ ओटा कम्पनीको १४ हजार ८८० पटकको कारोबारमा २४ लाख ३२ हजार ९१६ कित्ता शेयरको १ अर्ब १५ करोड बराबरको शेयर खरीदविक्री भएको छ । 

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये होटल्स समूहको परिसूचक घटेको छ भने बाँकी ११ समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू। १४ करोड ५१ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य  ६१६ मा कारोबार भइरहेको छ । 

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेको इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता ७४४ मा  ७ करोड २ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।