Like us!
Follow us!

सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड शुक्रबार, सेयर पाउने भाग्यमानी कति ?

सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड शुक्रबार, सेयर पाउने भाग्यमानी कति ?

लगानी खबर, काठमाडौँ - सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले चैत्र ६ गते, शुक्रबारदेखि चैत्र १० गते, मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) भाेलि चैत्र २७ गते शुक्रबार बाँडफाँड हुँदैछ । उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको आफ्नै कार्यालयमा बिहान ११ बजे बाँडफाँड हुनेछ ।

कम्पनीको आईपीओमा १६ लाख ३५ हजार ५ सय ३७ जना आवेदकबाट २ अर्ब ४६ करोड ६५ लाख ६४ हजार रुपैयाँ  बराबरको २ करोड ४६ लाख ६५ हजार ६ सय ४० कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि निष्कासन गरिएकाे भन्दा ९ दशमलव ३४ गुणा बढी हो  । 

मागभन्दा धेरै आवेदन परेकाे हुनाले उक्त आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड हुनेछ । ग्राेलाप्रथाबाट वितरण गर्दा २ लाख ६४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकी १३ लाख ७१ हजार ५ सय ३७ जनाको हात खाली हुनेछ  । 

कम्पनीले  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।