Like us!
Follow us!

बैंकमा ‘आइपिओ’ भर्ने लगानीकर्ताको भीडभिड देखिएपछि थप शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

बैंकमा ‘आइपिओ’ भर्ने लगानीकर्ताको भीडभिड देखिएपछि थप शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

लगानीखबर, काठमाडौं–  बैंकहरुमा हिजोआज आइपिओ भर्नेको भिड ह्वात्तै बढेको छ । बैंकहरुमा धैरै भीडभिड हुँदा आम ग्राहकलाई पर्न गएको असुबिधा र यसले निम्ताउन सक्ने खतरालाई मध्यनजर गर्दै थप शाखा खोल्न बैंकहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको छ । 

बजारमा समाज लद्युवित्त वित्तीय संस्था लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आइपिओ निश्कासन भई धमाधम बिक्री भैरहेको छ ।  दुवै कम्पनीको शेयर आज आवेदन दिने अन्तिम दिन रहेको छ ।

राम्रो कम्पनी शेयर भएकाले बैंकमा आइपिओ भर्नेको भिड बढेको हो । सवै लगानीकर्ताले मेरो शेयर नलिएको कारण बैंकमा नै गएर आवेद फारम  भरेर बुझाउनु, बैंकको सवै शाखा नखुल्नु र  बैंकमा कर्मचारी अभावका कारण खुलेका बैंकको शाखामा यतिखेर शेयरधनीको चाप बढेको बैंकहरुले बताएका छन् ।

अर्को तर्फ मेरो शेयरको सिस्टमले  राम्रोसँग काम नगरेकोले पनि बैंकमा आइपिओ भर्ने भीड लागेको हो । मेरो शेयरमा आवेदनको चाप बढी भएकोले मेरो शेयरको सिस्टम बेलाबेलमा डाउन हुँदै आएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।