लगानी खबर, काठमाडौं - धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिजाे (बिहीबार) बाट ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे कारोबार सुरू भएको छ ।
दाेश्राे दिन पनि कम्पनीकाे सेयर किन्न लगानीकर्ताहरू झुम्मिएका छन् । यस समाचार तयार पार्दासम्म (१२ बजेर २७ मिनेट जाँदा) कम्पनीकाे सेयर किन्न १७ लाख ६४ हजार ९ सय १६ जना लगानीकर्ताले खरिद आदेश गर्दा बेच्नेको संख्या भने शून्य छ ।
हालसम्म कम्पनीकाे सेयरमूल्य ९.०२ प्रतिशतले बढेर ४ सय २३ रूपैयाँ पुगेकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।