Like us!
Follow us!

अजोड इन्स्योरेन्सको हकप्रद प्रस्ताव रद्द

अजोड इन्स्योरेन्सको हकप्रद प्रस्ताव रद्द

लगानी खबर, काठमाडौं -  अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव रद्द गरेकाे छ ।

कम्पनीले बीमा समितिको निर्देशन पछि कम्पनीकाे हिजाे (चैत्र २५ गते, बुधबार) आकस्मिक बसेकाे सञ्चालक समितिकाे बैठकले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव हाललाई स्थगन गरेको हो । 

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले गत मंगलबार (चैत्र १७ गते) ५० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावसहित आफ्नो तेस्रो वार्षिक साधारण सभा आह्वान गर्याे । तर याे हकप्रदकाे सूचना बाहिरिनु भन्दा अगावै कम्पनीकाे आक्रामक काराेबार भइरहेकाे थियाे । त्यसैले कम्पनीविरूद्ध इन्साइडर ट्रेडिङ गरी आर्थिक अपराध गरेको भन्दै लगानीकर्ताले उजुरी दर्ता समेत गरेका थिए । साेही विषयमा थप अध्ययन अनुसन्धान गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (साेबाेन) ले छानबिन समिती गठन गरेकाे थियाे ।

606e9d36f1405.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।