Like us!
Follow us!

अपर सोलु हाइड्रोले आईपीओ निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

अपर सोलु हाइड्रोले आईपीओ निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

लगानी खबर, काठमाडौं – अपर सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३३ करोड ७ लाख ७५ हजार रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि चैत्र १६ गते, साेमबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणहरूका लागि आईपीओ निष्कासन गर्न लागेकाे हाे ।

कम्पनीकाे उक्त साधारण सेयर (आईपीओ) सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल लिमिटेडले गर्नेछ ।

 

606d56ec32627.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।