Like us!
Follow us!

कतिमा भयो ज्योति लाइफ इन्स्योरेन्सको पहिलाे कारोबार ?

कतिमा भयो ज्योति लाइफ इन्स्योरेन्सको पहिलाे कारोबार ?

 लगानी खबर, काठमाडौं –  धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे पहिलो कारोबार भएको छ ।

स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीकाे काराेबार प्रति कित्ता ३६० रूपैयाँमा भएकाे छ । कम्पनीकाे ९० कित्ता सेयर प्रति कित्ता ३६० रूपैयाँमा भएकाे हाे ।

मंगलबार कम्पनीकाे २ करोड २० लाख कित्ता साधारण शेयर (आइपिओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम १२० रूपैयाँ २९ पैसादेखि अधिकतम ३६० रुपैयाँ ८७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियाे ।

कम्पनीकाे आइपिओलाई शेयर काराेबार गर्नका JLI संकेत प्रदान गरिएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।