Like us!
Follow us!

एनआइबिएल सहभागिता फण्डको लाभांश पुन: लगानी गर्न पाउने योजना

एनआइबिएल सहभागिता फण्डको लाभांश पुन: लगानी गर्न पाउने योजना

लगानी खबर, काठमाडौं - एनआइबिएल एस क्यापिटल  अन्तर्गत सञ्चालित एनआइबिएल सहभागिता फण्डले इकाईधनीहरुलाई वितरण गर्ने लाभांशमा थप इकाई खरीद गर्न पाउने योजना ल्याएको छ । नेपालको पहिलो खुलामुखी म्युअल फण्ड एनआईबिएल एस सहभागिता फण्डले इच्छुक इकाईधनीहरुलाई चालू आर्थिक वर्षको लाभांश पुन: लगानी गर्न पाउने योजना ल्याएको हो ।  

इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित कारोबार शूल्क कट्टी पछि) बराबरको रकमबाट यसै योजनाका थप इकाईहरु खरिद गर्न सक्ने व्यवस्था मिलाएको छ । 

साथै चालु आर्थिक वर्ष वा आगामी आर्थिक वर्षहरुमा समेत वितरण गरिने लाभांशको दर्ता किताब बन्द हुने (Book Close) मितिका दिन सम्म लाभांश पुनः लगानी योजना अन्तर्गत नाम दर्ता गराउनु हुने इकाईधनीहरुको लागि मात्र यो सुविधा प्राप्त गर्न योग्य हुने जानकारी दिएको छ ।

लाभांश पुन: लगानी योजनामा दर्ता गर्ने प्रकृया:

१) एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखाहरु तथा तोकिएका वितरकहरु मार्फत फाराम भरी योग्य इकाईधनीहरुले आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।

२) योग्य इकाईधनीहरुले अनलाईन लिंक https://mutualfund.niblcapital.com/ मा गई लाभांश पुनः लगानी योजना दर्ता फाराम मार्फत आफ्नो सम्पूर्ण विवरण भरी नाम दर्ता गराउन सक्नेछन् ।

३) आफ्नो हितग्राहि खातामा रहेको ईमेल ठेगाना मार्फत निम्न बमोजिमको विवरण उल्लेख गरी उल्लेखित ठेगानामा ईमेल पठाउन सक्नेछन् ।

ईमेलमा उल्लेख गर्नुपर्ने विवरण
ईमेल विषय: लाभांश पुन – लगानी योजना
ईमेल ठेगाना: [email protected]
इकाईधनीको  पुरा नाम:
इकाईधनीको हितग्राही खाता न:                
इकाईधनीको सम्पर्क नम्बर:

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।