Like us!
Follow us!

नागरिक लगानी कोषको शेयर खुल्ला, प्रतिकित्ता मूल्य कति ?

नागरिक लगानी कोषको शेयर खुल्ला, प्रतिकित्ता मूल्य कति ?

लगानीखबर, काठमाडौं– नागरीक लगानी कोषको शेयर प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामी मार्फत बिक्री खुल्ला गरेको छ । 

प्रिमियर इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको लिलामी मार्फत बिक्री गर्न लागेको संस्थापक समूहको शेयर आज (भाद्र ८ गते, सोमबार) बाट खुल्ला भएको छ ।

कम्पनीले कोषको संस्थापक समूहको ५० हजार कित्ता शेयर बिक्री खुल्ला गरेको हो । शेयरको न्यूनतम मूल्य प्रतिशेयर २३ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

इच्छुक  बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि भदौ १५ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छ;

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।