Like us!
Follow us!

नेप्सेमा २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

नेप्सेमा २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज (मंगलबार) चन्द्रागिरी हिल्स लिमिटेड र युनिभर्सल पावर कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।  दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो । चन्द्रागिरी हिल्सको सेयरमूल्य प्रतिकित्ता २ हजार ३ सय ४४ पुगेको छ भने युनिभर्सल पावरको सेयरमूल्य एक सय ६५ रुपैयाँ पुगेको छ । 

यस्तै, नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भएकामध्ये अन्य ४ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा रहेको छ । वोमी लघुवित्त, एनआईसी एशिया लघुवित्त, सान्जेन जलविद्युत र छ्याङ्दी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ । 

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ८.९२ अंकले बढेको छ भने सेन्सेटिभ परिसूचक २.२९ अंकले बढेको छ ।

606c1a80df0e5.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।