लगानी खबर, काठमाडौं - मुक्तिनाथ विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले १ अर्ब २५ करोड बराबरको ऋणपत्र सार्वजनिक निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।
बैंकले प्रतिकित्ता एक हजार अंकित मूल्यका १२ लाख ५० हजार कित्ताले हुन आउने .१ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दैछ । जसमध्ये ७ लाख ५० हजार कित्ता ऋणपत्रले हुन आउने कूल ७५ करोड रुपैयाँ ऋणपूँजी रकम व्यक्तिगततवरबाट बिक्री गर्नेछ । त्यस्तै, ५ लाख कित्ता ऋणपत्रले हुन आउने कुल ५० करोड रुपैयाँ ऋणपूँजी रकममध्ये ५ प्रतिशत अर्थात २५ हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि र सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशन गर्नेछ छ ।
सानिमा क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री प्रवन्धक, सेयर रजिष्ट्रार, सेयर प्रत्याभुति सेवा तथा लगानी व्यवस्थापन सेवा र सामुहिक लगानी कोष संचालन गर्दै आइरहेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।