Like us!
Follow us!

रिलायन्स इन्स्योरेन्सको ‘आईपीओ’मा आवेदन दिने सोमबार अन्तिम मौका

रिलायन्स इन्स्योरेन्सको ‘आईपीओ’मा आवेदन दिने सोमबार अन्तिम मौका

लगानीखबर, काठमाडौं– रिलाइन्स लाइफ इन्स्योरेन्सको ‘आईपीओमा आवेदन दिन मिल्ने आज सोमबार अन्तिम दिन रहेको छ । रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर ‘आईपीओ’मा आवेदन गर्ने भदौ ८ गते सोमबार अन्तिम दिन हो।

इन्स्योरेन्सले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६३ करोड रुपैयाँ बराबरको आईपीओ भदौ ४ गतेदेखि निष्काशनमा ल्याएको हो। इन्स्योरेन्स कम्पनीको आईपिओ बिक्री  खुल्ला भएको तेस्रो दिनसम्ममा ३.६० गुणा बढी शेयर बिक्री भईसकेको छ।

इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको ६३ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। 

बाँकी ५६ लाख ७० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताहरुले आज बेलुकी ५ बजेसम्ममा न्यूनतम १० कित्तादेखि अधिकतममा ६३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

यसका साथै मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सले निष्काशन गरेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ्ग दिएको छ। यसले इन्स्योरेन्सको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।

इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रूपैयाँ छ। एक अर्ब ४७ करोड रूपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता पूँजी कायम गरिसकेको इन्स्योरेन्सले ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। 

आईपीओ निष्काशन पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १० करोड पुग्नेछ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।