Like us!
Follow us!

साल्ट ट्रेडिङ्गको लाभांश घट्यो, यसपाली २५% मात्र दिने

साल्ट ट्रेडिङ्गको लाभांश घट्यो, यसपाली २५% मात्र दिने

लगानी खबर, काठमाडौँ - साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।

कम्पनीकाे चैत्र २३ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई २० प्रतिशत बाेनस सेयर तथा कर प्रयाेजनका लागि ५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बाेनस र १० प्रतिशत नगद गरि कूल ३५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।