Like us!
Follow us!

समाज लद्युवित्तको आइपिओ भर्ने आज अन्तिम दिन !

समाज लद्युवित्तको आइपिओ भर्ने आज अन्तिम दिन !

लगानीखबर, काठमाडौंं– समाज लद्युवित्त वित्तीय संस्था लिमिटेडले निश्कासन गरेको  साधारणस शेयर ९आइपिओ० मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले भदौ ४ गतेदेखि आइपिओ निश्कासन गरेको थियो । आइतबारसम्म माग भन्दा १२६.२५ गुणाबढी आवेदन परेकोले छिटो मिति भदौ ८ गते अर्थात आज बन्द गर्ने निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।  

आइतबार साँझ ५ बजेसम्म ४ लाख ७९ हजार ४५४ वटा आवेदन मार्फत १ करोड एक लाख ८८ हजार ६७० कित्ता शेयरका लागि आवेदन परेको छ । 
गत भदौं ४ गतेबाट निश्कासन गरेको आइपिओ भर्ने अन्तिम मिति भोली अर्थात भदौ ८ गते रहेको छ । भोलीसम्म आवेदन दिने संख्या अझै बढ्ने भएकाले शेयर भाग्य हुनेले मात्र पाउने लगानीकर्ताले बताउँछन् । 

समाज लद्युवित्तले ८६ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको छ । प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता आइपिओ निष्काशन गरेको  हो।

यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ।

सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा भदौ ८ गते हुनेछ भने ढिलोमा भदौ १८ गते हुनेछ।

आइपिओ निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।  नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरोशेयर  पनि लगानीकर्ताले आवेदन दिन सकिनेछ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।