लगानी खबर, काठमाडौं - पटकपटक बिक्रीमा राख्दा पनि नबिकेपछी एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको दुई कम्पनीको संस्थापक सेयर पुन: लिलामीमा राखेको छ ।
बैंकले आफ्नो स्वामित्वमा रहेको नेसनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषमा रहेको १ लाख ५ हजार ८६६ कित्ता कित्ता संस्थापक सेयर आज (सोमबार)बाट लिलामीमा राखेको हो । जसमा नेसनल लाइफको ५५ हजार ८६६ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता रहेका छन्।
उक्त सेयरहरु खरिद गर्न प्रचलित कानुनबमोजिम योग्य लगानीकर्ताहरुले बोलपत्र पेस गर्न सक्नेछन्। लगानीकर्ताले उक्त सेयरमा न्यूनतम १०० कित्ता र अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सक्नेछन्।
प्रतिकित्ता मूल्य कति ?
नेसनल लाइफको न्यूनतम मूल्य प्रतिकित्ता ४६६ रुपैयाँ र नागरिक लगानी कोषको १ हजार ५२९ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
कहिलेसम्म दिने आवेदन ?
लगानीकर्ताले आज चैत २३ गते सोमबारबाट चैत ३१ गतेसम्म आवेदन पेश गर्न सक्नेछन्।
कहाँ-कहाँबाट दिने आवेदन ?
बोलपत्र काठमाडौंको बबरमहलस्थित एनआईसी एसिया क्यापिटल र एनआईसी एसिया बैंकको काठमाडौंको थापाथलीस्थित कर्पोरेट टावर तथा शाखाहरु विराटनगर, वीरगनज, पोखरा, बुटवल, धनगढी र सुर्खेतमा पेस गर्न सकिनेछ।
बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।