Like us!
Follow us!

पोखरा फाइनान्सको बोनस सेयरधनीको हितग्राही खातामा, तपाईकोमा आएन ? यसो गर्नुहोस्

पोखरा फाइनान्सको बोनस सेयरधनीको हितग्राही खातामा, तपाईकोमा आएन ? यसो गर्नुहोस्

लगानी खबर, काठमाडौं - पोखरा फाइनान्स लिमिटेडको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा भएको छ ।

कम्पनीको पौष २९ गते सम्पन्न २४औं वार्षिक साधारणसभाबाट पारित आर्थिक वर्ष २०७६/७७ को ५ प्रतिशत बोनस सेयर बुकक्लोज मितिभन्दा अघिल्लो दिनसम्म सेयर अभौतिकिकरण गराएका सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको हो ।

साथै सो मिति पश्चात  सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुको हकमा क्रमशः सेयरधनीको सम्बन्धित हितग्राही उक्त सेयर जम्मा हुने व्यवस्था गरिएको हुँदा हालसम्म पनि सेयर अभौतिकिकरण नगरेका सेयरधनीहरुलाई सेयर अभौतिकिकरण गराउन पनि संस्थाले आग्रह गरेको छ ।
कम्पनीको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ  ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

606aa7555247f.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।