Like us!
Follow us!

सिटिजन लाइफद्धारा बीमितलाई उपचार खर्च ३० लाख प्रदान

सिटिजन लाइफद्धारा बीमितलाई उपचार खर्च ३० लाख प्रदान

लगानी खबर, काठमाडौं - सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीयकार्यालय बुटवल शाखाले घातक रोगको दावी भुक्तानी रकम रु.३० लाख प्रदान गरेको छ । शनिबार कम्पनीले तिलोत्तमा नगरपालिका वडां नं ९ को मंगलापुरमा एक कार्यक्रम गरी उक्त रकम प्रदान गरेको हो ।

तिलोत्तमा नगरपालिका वडां नं ९ निवासी ४१ वर्षिय रामचन्द्र कंडेलले २०७६ श्रावण महिनामा सिटिजन लाइफको बुटवल शाखाबाट ३० लाखको वार्षिक अग्रिम भुक्तानी बीमा गरेका थिए । एक किस्ता बीमा शुल्क रु.२ लाख ४६ हजार मात्र बुझाएका कंडेल फर्निचर उद्योगमा काम गर्दागर्दै मुटुमा समस्या भइ उपचारको लागी काठमाडौंको गंगालालमा गएका थिए । उनको उपचारकै क्रममा कम्पनिले सो ३० लाख विमाङ्क रकम प्रदान गरीएको क्षेत्रीय शाखा प्रबन्धक दुर्गा राज ढकालले बताए । 

कंडेलको बीमा फर्निचर खरिद गर्ने क्रममा कम्पनीका अभिकर्ता ईश्वर भण्डारीले गराएका थिए । क्षेत्रीय प्रवन्धक ढकालले सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको अतिरिक्त सुविधामार्फत एउटा मात्र रोगको लागी नभई २० घातक रोगहरुको लागि बिल बिनानै ५० लाख सम्मको उपचार खर्च कम्पनीले दिने र नेपालमै पहिलो पटक सेवा दिने गरी कम्पनीले धेरै क्षेत्रमा काम गरिरहेको बताए।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।