लगानी खबर, काठमाडौं - सेयर बजारले पुन: नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन आज (आइतबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २६.४१ अंकले बढेर २६५८.३० विन्दुमा पुगी नेप्से अलटाइम हाइको बिन्दुमा पुगेको हो ।
यसअघि फागुन ९ गते २६४० को बिन्दुमा पुगेर नयाँ रेकर्ड राखेको राखेको थियो । सेयर बजारले आज पुन: नयाँ रेकर्ड राखेको हो । लगानीकर्ताहरुले मनोबल बढाएसँगै सेयर बजारमा पुन: रौनकता देखिएको छ ।
यो समाचार तयार पर्दासम्म नेप्से १८.०६ अंकले बढेर २६४९.९५ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक 3.४८ अंकले बढेर ४६९.९० क बिन्दुमा पुगेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।