Like us!
Follow us!

नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा

नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा

लगानी खबर, काठमाडौं - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ । संस्थाले ८० हजार कित्ता सेयर बिक्री गर्ने भएको छ ।  
उक्त सेयरहरू खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति कम्पनी, संघ, संस्थाहरुले चैत ३१ गतेबाट २०७८ जेठ ३ गतेसम्म आवेदन दिन सक्नेछन् 

उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १६ सय रुपैयाँ तोकिएको छ । त्यसैले आवेदन पेश गर्दा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ ।
उक्त सेयर बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।
संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

60694ae005fc9.jfif

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।