लगानी खबर, काठमाडौं - कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । गत बिहीबार प्रतिकित्ता १ हजार ४२० रुपैयाँ मा कारोबार भएको सेयर नेप्सेले मूल्य समायोजन गरे पछि कालिका लघुवित्तको प्रतिकित्ता १ हजार २९१ रुपैयाँ कायम भएको छ ।
यस संस्थाले गत आर्थिक वर्षका लागि १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो र लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि आज चैत २२ गतेदेखि आगामी वैशाख ७ गतेसम्म बुक क्लोज गर्ने छ ।
चैत्र १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तले प्रस्ताव गरेको लाभांश पाउने र साधारण सभामा भाग लिन योग्य हुने छन् ।
कम्पनीले वैशाख ७ गते १० औँ र ११ औँ वार्षिक साधारणसभाबाट बोलाएको छ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।