Like us!
Follow us!

अजोड इन्स्योरेन्सका लगानीकर्ता एक सातामै मालामाल, कति कमाए ?

अजोड इन्स्योरेन्सका लगानीकर्ता एक सातामै मालामाल, कति कमाए ?

लगानी खबर, काठमाडौं - यस साता अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ता मालामाल भएका छन् । याे साता सर्वाधिक नाफा कमाउनेकाे सूचीमा अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ता अग्र स्थानमा रहेका छन् । 

साताभरमा कम्पनीकाे सेयरमूल्य ४६ दशमलव ०३ प्रतिशतले बढेर एक हजार ३१ रूपैयाँ पुगेको छ । गत साताकाे अन्तिम दिन बिहीबार कम्पनीकाे सेयरमूल्य ७ सय ६ रूपैयाँ कायम रहेकाे थियाे । कम्पनीकाे याे तथ्यांक हेर्दा एक सातामा कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ३२५ रुपैयाँका दरले कमाएका छन् ।

कम्पनीले हकप्रद निष्कासन गर्ने सूचना सार्वजनिक गरेसँगै कम्पनीकाे सेयरमूल्यमा उछाल आउन थालेकाे हाे ।

त्यसैगरी, यसै साता कम्पनीविरुद्ध  इन्साइडर ट्रेडिङकाे उजुरी पनि परेकाे छ । इन्साइडर ट्रेडिङ गरी आर्थिक अपराध गरेको भन्दै कम्पनीविरुद्ध लगानीकर्ताले उजुरी दर्ता गरेका हुन् ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।