Like us!
Follow us!

मेरो सेयरको समस्याले लगानीकर्ता हैरान, सिडिएस भन्छ, समस्या अझै रहन्छ

मेरो सेयरको समस्याले लगानीकर्ता हैरान, सिडिएस भन्छ, समस्या अझै रहन्छ

लगानी खबर, काठमाडौं -  केहि दिन यतादेखि मेरो सेयरमा बारम्बार समस्या आइरहेको छ । जसले गर्दा लगानीकर्ताहरुले ठूलो सास्ती बेहोर्नुपरेको छ । 
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी)का अनुसार मेरो सेयरको स्तरोन्नति भइरहेकोले यस्तो समस्या देखिएको हो । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताहरु आकर्षित हुन थालेका छन् भने नयाँ लगानीकर्ता दिनहुँ थपिरहेका छन् । जसले गर्दा सिस्टममा लोड पर्न गइ बारम्बार समस्या देखिएको हो ।

सो समस्या समाधानको लागि स्तरोन्नतिको कार्य भइरहेको सिडिएससीले जनाएको छ  । सिडिएससीका अनुसार स्तरोन्नतिको काम अझै केहि दिन चल्ने हुँदा समय समयमा मेरो सेयर नखुल्ने तथा लग आउट हुने जस्ता समस्याहरु आउनेछ । 
यसैबीच, आजबाट रुरु जलविद्युत् परियोजना लिमिटेडको प्राथमिक सेयर आईपीओ बजारमा आएको छ ।  मेरो सेयरमा समस्या आउँदा लगानीकर्ताहरुलाई आईपीओमा आवेदन दिन हम्मेहम्मे परेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।