Like us!
Follow us!

सिभिल बैंकको ल्यायो उच्च ब्याजदरसहितको  ‘प्रिमियम बचत खाता’

सिभिल बैंकको ल्यायो उच्च ब्याजदरसहितको  ‘प्रिमियम बचत खाता’

लगानीखबर, काठमाडौं– सिभिल बैंक लिमिटेडले सारा नेपालीका लागि सर्वाधिक ब्याजदर पाइने बचत खाता योजना ‘प्रिमियम बचत खाता’ ल्याएको छ । बैंकले बचत खातामा वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

यस वचत खाताको न्युनतम मौज्दात  दस हजार रहेको छ भने यस बचत खाता खोल्दा बैंकले ग्राहकहरुकालागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ् सेवापनि प्रदान गर्नेछ ।

यसको अतिरिक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पनि ८.७५ प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गर्दै आईरहेको छ ।

विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थामा अन्य वित्तीय संस्थाहरुद्वारा निक्षेपमा प्रदान गरिएको न्यून ब्याजदरको तुलनामा ग्राहकको मेहनतको कमाईलाई कदर गर्दै आकर्षक ब्याजप्रदान गरिएको कारणले ग्राहकहरु लाभान्वित हुने कुरा बैैंकले जनाएको छ ।

सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आगामीदिनमा थप यस्तै आकर्षक सेवारयोजनाहरु प्रदान गर्दै जाने  जनाएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।