Like us!
Follow us!

नेप्सेद्वारा किसान लघुवित्तको सेयर कारोबार फुकुवा

नेप्सेद्वारा किसान लघुवित्तको सेयर कारोबार फुकुवा

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको कारोबार फुकुवा गरेको छ । नेप्सेले सोधको स्पष्टिकरणको जवाफ पठाएपछि संस्थाको दोस्रो बजारमा सेयर कारोबार खुल्ला गरेको हो। नेप्सेले लघुवित्तलाई सचेत गराउदै बिहीबारदेखि सेयर कारोबार खुल्ला गरेको छ।

संस्थाले यसअघि  धितोपत्र मूल्यमा प्रभाव पर्ने सूचना सार्वजनिक गरेको भन्दै नेप्सेले संस्थाको कारोबार रोक्का गरी स्पष्टिकरण माग गरेको थियो।

लघुवित्तले संस्थाको पूँजीकोष पर्याप्त नभएको कारण हकप्रद सेयर जारी गर्नुपर्ने र त्यसको लागि सम्बन्धित निकायसँग परामर्श गरेर मात्रै अघि बढ्ने निर्णय गरेको र उक्त दिन सार्वजानिक बिदा परेकोले सम्बन्धित निकायसँग परामर्श लिन नपाएकोले हकप्रद सम्बन्धि प्रस्ताव राखिएको जनाएको छ। भोलिपल्ट सम्बन्धित निकायसँगको परामर्श पश्चात उक्त प्रस्ताव हटाएको लघुवित्तले जनाएको छ।

लघुवित्तको सेयरमूल्यमा प्रभाव पार्ने कुनै मनसाय नरहेको समेत नेप्सेलाई पठाएको जवाफमा उल्लेख छ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।