Like us!
Follow us!

कालिका लघुवित्तको १०% बोनस सुरक्षित गर्ने आज अन्तिम मौका

कालिका लघुवित्तको १०% बोनस सुरक्षित गर्ने आज अन्तिम मौका

लगानी खबर, काठमाडाैँ - कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (चैत्र १९ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ । 

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत २२ गतेदेखि वैशाख ७ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज (चैत्र १९ गते, बिहीबार) सम्म नेप्सेमा काराेबार भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाकाे दशौं र एघारौं वार्षिक साधारण सभा वैशाख ७ गते मंगलबार, टास्क इन्टरनेशनलको सभाहल, पोखरा, कास्कीमा बिहान ८ बजेबाट सुरू हुनेछ ।

सभामा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बाेनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । सभामा संस्थाकाे सेयर स्वामित्व संस्थापकतर्फको ५४.५२ र सर्वसाधारणतर्फ ४५.४८ कायम गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

त्यसैगरी, सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमाेदन गर्ने, बाह्य लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने, संस्थापक समुहका ४ जना तथा सर्वसाधारण समुहका  २ जना गरि ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।