Like us!
Follow us!

बजारको नयाँ अर्थमन्त्रीमा पहिलो रोजाई सुरेन्द्र पाण्डे

बजारको नयाँ अर्थमन्त्रीमा पहिलो रोजाई सुरेन्द्र पाण्डे

अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडाले छिट्टै नै बिदा लिने अवस्था आउदै छ किन भने अहिलेका अर्थमन्त्रीको अवधि आगामी २० गते सकिदै छ । 

खतिवडाको अवधि सकिनै लाग्दा अबको अर्थ मन्त्रालय कसले हेर्ने भन्ने प्रश्न स्वभाविक हो।  देशको अर्थतन्त्र चलाउने साँचो अब कसको हातले पाउनु पर्छ अथवा बजारले कस्ता अर्थमन्त्री खोजि रहेको छ लगानीखबरले एक सर्भे गर्यो। 

अबको अर्थ मन्त्रीमा तपाईले को देख्न चाहनु हुन्छ ? भन्ने प्रश्नमा धेरै नेताहरुको नाम अगाडी सारिए, जसमध्य सबैभन्दा धेरै भोट या रोजाईमा नेकपा नेता सुरेन्द्र पाण्डे परेका छन्। 

सुरेन्द्र पाण्डे अर्थमन्त्रालयमा टेस्टेड नाम हुन्। ०६६ जेष्ठ खेखि ०६७ माघ सम्म नेपाल कै सफल अर्थमन्त्रीकोको कमान सम्हालिसकेका छन् ।

अहिलेका विभिन्न विकल्पहरु मध्य शेयरबजारमा पनि लगानीकर्ताले पाण्डेलाई खोजि गरेको देखिन्छ।

तर पाण्डेलाई अर्थमन्त्रीको चाबी पाउन भने सजिलो छैन।  पाण्डे बाहेक विष्णु पौडेल, नारायण काजी श्रेष्ठ, वर्षमान पुनको नाम चर्चामा छ।  यी मध्य वर्षमान पुनको सम्भावना कम छ किन भने उन्नाले उर्जा मन्त्रालयको कमाण्ड समाली रहेका छन्। 

नेकपाको फेरिएको समीकरण अनुसार पनि अबको अर्थमन्त्री को बन्ने भन्ने कुरा आउन सक्छ। मन्त्रीपरिषद फेरिने कुरा छ र सकभर दाहाल, नेपाल र ओली खेमामा कसले अर्थको भाग पाउछ उसकै पक्षबाट अबको अर्थमन्त्री चुनिनेमा पक्कापक्की छ। 

प्रधानमन्त्री ओलीलाई आफ्नै विश्वासिलो पात्रलाई अर्थको कमाण्ड दिने इच्छा  छ। पहिले पनि पार्टी भित्र व्यापक विरोधको बाबजुट पूर्व गभर्नर युवराज खतिवडालाई ल्याएका थिए। 

खतिवडालाई अब मन्त्री पद जोगाउन अब ओलीले मन्त्री परिषदबाट उनलाई राष्ट्रिय सभाको सदश्यमा सिफारिस गर्नु पर्ने छ।  त्यो गर्दा पार्टीबाट एकदम ठुलो विद्रोह ओलीले खेप्नु पर्ने छ। जसको सम्भावना एकदम कम छ।  पार्टीले बामदेव गौतमको नाम अगाडी सारीसकेको अवस्था छ। 

तपाईको विचारमा अबको अर्थमन्त्रीको ? कृपया कमेन्ट गर्नुहोला। अथवा भोट गर्न यहाँ क्लिक गर्नुहोस्    

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।