Like us!
Follow us!

मेरो सेयरमा २ वटा सर्भर थपियो, सिडीएससी भन्छ, अब पहिलेको जस्तो समस्या आउँदैन

मेरो सेयरमा २ वटा सर्भर थपियो, सिडीएससी भन्छ, अब पहिलेको जस्तो समस्या आउँदैन

लगानी खबर, काठमाडौं - मेरो सेयरमा बारम्बार समस्या देखिएपछी सिडीएससीले सर्भर थप गरेको छ । सिडीएसले मंगलबार राति २ वटा सर्भर थपेर डाटा माइग्रेसनको काम गरेको हो  । 

सिडीएसले मेरो सेयरमा चाप बढेपछि आएका प्राविधिक समस्या समाधान गर्न आकष्मिक रुपमा थप सर्भरहरु जडान गरेको हो । सिडीएसका अनुसार यो अल्पकालीन समाधान हो । दिर्घकालिन समस्या समाधानको छुट्टै व्यवस्था हुने सिडीएसले जनाएको छ ।

सिडीएसका अनुसार अब सिस्टममा  पहिलेको जस्तो समस्या आउने छैन । केहि ट्युनिङको काम अझै बाँकि रहेकोले छोटो समयको लागि केहि सामान्य समस्या देखिन सक्ने भएपनि सेवा नै प्रभावित हुने खालको समस्या नआउने सिडीएसले जनाएको छ ।  

प्राविधिक समस्या समाधान गर्न आकष्मिक रुपमा थप सर्भरहरु जडान गर्नुपर्ने भएकोले मंगलबार बेलुकी सेवा अवरुद्द हुने भएको थियो  । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।