लगानी खबर, काठमाडौँ - विभिन्न २ वटा कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज (चैत्र १८ गते, बुधबार) अन्तिम दिन रहेकाे छ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (चैत्र १८ गते, बुधबार) अन्तिम दिन हाे ।
सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भाेलि चैत्र १९ गतेदेखि वैशाख ३ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज (चैत्र १८ गते, बुधबार) सम्म नेप्सेमा काराेबार भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाकाे बार्हाैँ वार्षिक साधारण सभा वैशाख ३ गते शुक्रबार, होटेल अरनिको ,धुलिखेलमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा एफपिओ निष्कासन गर्ने प्रस्ताव पेश हुनेछ । यसैगरी, सभामा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ८.१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४२ नगद वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यसैगरी, सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि चैत्र १९ गतेदेखि चैत्र ३१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । आज (चैत्र १८ गते, बुधबार) सम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् । कम्पनीको वार्षिक सभा चैत्र ३१ गते मंगलबार स्याङ्जास्थित पुतलीबजार नगरपालिकाको सहयात्रा पार्टी प्यालेसमा हुँदैछ । सभामा कम्पनीले संस्थापक र सर्वसाधारण सेयरधनीको हिस्सा ७०:३० कायम गर्न एफपिओ निष्कासन गर्ने विशेष प्रस्ताव गरिनेछ । त्यसैगरी, सभाले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १५.३४५७७ प्रतिशत बोनस सेयर र ०.८०७६७ प्रतिशत नगद (कर प्रयोजन) गरि कुल १६.१५३४४५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।