Like us!
Follow us!

एनएमबि बैंकको ऋणपत्र सूचीकरण खारेज

एनएमबि बैंकको ऋणपत्र सूचीकरण खारेज

लगानीखबर, काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ सूचीकृत एनएमबि बैंकको ७ प्रतिशत व्याजदरको एनएमबि डिवेञ्चर २०७७ को सूचीकरण खारेज भएको छ । 

भदौ ५ गते परिपक्क भएसँगै नेप्सेले उक्त ऋणपत्रको सूचीकरण खारेज गर्ने निर्णय आज आइतबार गरेको हो । 

एनएमबि बैंकले २०७१ सालमा प्रतिकित्ता एक हजार रूपैयाँ अंकित दरको ५० करोड रूपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र जारी गरी धितोपत्र बजारमा सूचीकृत गराएको थियो । 

बैंकले परिपक्क ऋणपत्रको साँवा तथा व्याज भुक्तानी कार्य भदौ ६ गतेदेखि सुरु गरेको छ । 

बैंकले सुचना जारी गरी ऋणपत्रधनीहरुले साँवा तथा ब्याज भुक्तानी लिन आउँदा आफ्नो सम्पूर्ण प्रमाणपत्र र ब्याज भुक्तानी पुर्जाको सक्कल प्रति साथै आफ्नो परिचय खुल्ने आधिकारीक परिचयपत्रको सक्कल प्रत्रि अनिवार्य रुपमा पेश गर्न अनुरोध गरेको छ ।


 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।