Like us!
Follow us!

१ अर्ब ९३ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

१ अर्ब ९३ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

लगानी खबर, काठमाडौँ -  नेपाल राष्ट्र बैंक लिमिटेडले १ अर्ब ९३ करोड रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ । बैंकले बैंककाे विभिन्न काेषमा रहेको उक्त रकम ३६५ दिनका लागि (२०७८ साल वैशाख २ गतेदेखि २०७९ साल वैशाख १ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएकाे छ । 

बैंकले क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा २९ करोड ४ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ९ करोड ६८ लाख रुपैयाँ गरी कूल १ अर्ब ९३ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले चैत्र १८ गते, बुधबार दिउँसो २ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

मुद्दती निक्षेपकाे बारेमा सम्पूर्ण विवरण यस प्रकारकाे छ :

6062d6a528c64.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।