लगानी खबर, काठमाडौं - डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयरधनीको नाममा रहेको केहि संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थाले सेयरधनीको नाममा रहेको २५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
संस्थापक सेयर बिक्री गर्दा हाल कायम रहेका संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने भएकोले उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक हाल कायम रहेका संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् ।
साथै, संस्थापक सेयर खरिद गरी लिने सम्बन्धमा तोकिएको समयभित्र हाल कायम संस्थापक सेयरधनीहरुबाट निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्तिहरुलाई संस्थापक समूहमा रहने गरी बिक्री प्रक्रिया अगाडी बढाइने संस्थाले जनाएको छ ।
संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।