Like us!
Follow us!

नेपाल हाइड्रो डेभलोपरको १५.७८% लाभांश आज पारित हुँदै

नेपाल हाइड्रो डेभलोपरको १५.७८% लाभांश आज पारित हुँदै

लगानी खबर, काठमाडौँ - नेपाल हाइड्रो डेभलोपर लिमिटेडकाे १२ औं, १३ औं र १४ औं वार्षिक साधारण सभा आज (चैत्र १७ गते, मंगलबार) हुँदैछ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लिबजार, काठमाडाैँमा दिउँसो ३ बजेबाट सुरू हुनेछ । 

सभामा आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसका साथै, सभामा आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७  को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा छलफल गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र ३ गतेदेखि चैत्र १७ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, चैत्र २ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।