लगानी खबर, काठमाडौँ - विभिन्न २ वटा कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज (चैत्र १७ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (चैत्र १७ गते, मंगलबार) अन्तिम दिन हाे ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि चैत्र १८ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज (चैत्र १७ गते, मंगलबार) सम्म नेप्सेमा काराेबार भइ कायम रहेका सेयरधनीहरूले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाकाे पाँचौ वार्षिक साधारण सभा चैत ३१ गते मंगलबार, पञ्चकन्या बेन्क्वेट, बनेपा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई ८.८५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यसैगरी, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि चैत्र १८ गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज (चैत्र १७ गते, मंगलबार) सम्म नेप्सेमा काराेबार भइ कायम रहेका सेयरधनीहरूले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाकाे छैठौँ वार्षिक साधारण सभा चैत्र ३१ गते होटल पौवा, भैरहवामा बिहान साढे १० बजेबाट सुरू हुनेछ । सभामा गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई १७.८१०३८७२१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । सभामा संस्थाले बोनस सेयर बाँडफाँड पश्चात सर्वसाधारण सेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न १ करोड ३७ लाख २८ हजार रुपैयाँ बराबरको पुनः सर्वसाधारणलाई धितोपत्रको थप सार्वजनिक निष्कासन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।