Like us!
Follow us!

सामान्य अंकले घट्यो नेप्से, निफ्राको सर्वाधिक कारोबार

सामान्य अंकले घट्यो नेप्से, निफ्राको सर्वाधिक कारोबार

लगानी खबर, काठमाडौं - आज (सोमबार) सेयर बजारले ओरालो यात्रा तय गरेको छ । बिहिबारपछि आज खुलेको सेयर बजारमा सामान्य गिरावट आएको हो । बजार घट्दा चन्द्रागिरी हिल्सको सेयरमूल्यमा भारी गिरावट आएको छ । निरन्तर बढिरहेको कम्पनीको सेयरमूल्यमा आज (सोमबार)  गिरावट आएसँगै बेच्नेको संख्या ह्वात्तै बढेको छ  ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ५.४५  अंकले घटेर २५४३.५२ मा पुगेकाे छ । नेप्से ०.२१ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.३९ अंकले घटेर ४४९.९२ मा पुगेको छ ।

कूल २०९ वटा कम्पनीकाे ९१ लाख ३८ हजार ९ सय ३५ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब  ४१ करोड ३ लाख ४५ हजार ३० रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये ३ वटा मात्र उपसमूहको सेयर बढेको छ भने बाँकी १० वटा उपसमूहकाे सेयर घटेकाे छ । 

त्यसैगरी, स्टकका अनुसार आज सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सेयर काराेबार भएकाे छ । कम्पनीले ४४ करोड ३१ लाख ६५ लाख बराबरको कारोबार भएको छ ।

आजको सेयर तालिका हेर्नुहोस्:- 
 

6061a049e8f78.JPG 6061a04d13f16.JPG 6061a0572ae36.JPG 6061a05a75f75.JPG 6061a0604c97b.JPG 6061a06055f05.JPG 6061a0608ee89.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।