लगानी खबर, काठमाडौं - धितोपत्रको दोस्रो बजारमा चन्द्रागिरी हिल्सको सेयर बेच्नेको लर्को लागेको छ । निरन्तर बढिरहेको कम्पनीको सेयरमूल्यमा आज (सोमबार) गिरावट आएसँगै बेच्नेको संख्या ह्वात्तै बढेको हो ।
यसअघिका कारोबार दिनहरुमा कम्पनीको सेयरको माग उच्च हुँदा ब्रिकेताको उपस्थिति भए शून्य जस्तै देखिन्थ्यो ।
तर आज मूल्यमा गिरावट आएसँगै कम्पनीको सेयरको माग पनि घटेको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको सेयरमूल्य १ सय ४९ रुपैयाँले घटेर १ हजार ९ सय ३० मा कारोबार भइरहेको छ । अहिले कम्पनीको सेयर किन्न २६ हजार लगानीकर्ताले खरिद आदेश गर्दा बेच्नेको संख्या भने ५० हजारभन्दा माथि छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।