Like us!
Follow us!

समाज लघुवित्त र रिलायन्सको ‘आईपीओ’ भर्ने भोली अन्तिम दिन

समाज लघुवित्त र रिलायन्सको ‘आईपीओ’ भर्ने भोली अन्तिम दिन

लगानीखबर, काठमाडौं–  समाज लघुवित्त र रिलायन्सको ‘आईपीओ’ भर्ने भोली सोमबार अन्तिम दिन हो । भदौ ४ गतेदेखि विक्री खुला भएको इन्स्योरेन्स र लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने भदौ ८ गते सोमवार अन्तिम दिन रहेको छ । 

समाज लघुवित्तले ८० हजार ७०० कित्ता र रिलायन्स लाइफले ५६ लाख ७० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेका हुन । प्राथमिक बजार पूर्ण प्रविधिमैत्री बनिसकेको अवस्थामा उपत्यकामा भदौ ४ गतेदेखि जारी निषेधाज्ञाका विच पनि दुवै कम्पनीहरुले ‘आईपीओ’ विक्री खुला गरेका हुन । 

रिलायन्स लाइफको विक्री प्रबन्धक सानिमा क्यापिटल र समाज लघुवित्तको सिद्धार्थ क्यापिटल रहेको छ । समाज लघुवित्तले प्रतिशेयर  १०० रुपैयाँ अंकित दरको ८६ हजार कित्ता शेयरमध्य १ हजार कित्ता कर्मचारीहरुका लागि र ४ हजार ३०० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ८० हजार ७०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेको हो । 

त्यस्तै  रिलायन्स लाइफले प्रतिशेयर  १०० रुपैयाँ अंकित दरको कुल ६३ लाख कित्ता शेयरमध्य ३ लाख १५ हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट पश्चात ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सर्वसाधारणका लागि विक्री खुला गरेको हो ।

समाज लघुवित्तको जारी पूँजी २ करोड रुपैयाँ रहेको छ । हाल संस्थापकहरुबाट चुक्ता भएको पूँजी १ करोड १४ लाख रुपैयाँ रहेको छ ।

सर्वसाधारणका लागि यो आईपीओ जारी पश्चात समाज लघुवित्तको जारी पूँजी अनुसारको रकम कायम हुनेछ । त्यस्तै हाल  १ अर्ब ४७ करोड रुपैयाँ चुक्तापूँजी रहेको रिलायन्स लाइफले बीमा समितिले तोके बमोजिम २ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्न आईपीओ जारी गर्न लागेको हो । 

आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।


 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।