लगानी खबर, काठमाडौं – धिताेपत्रकाे दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार सुरू भएकाे पहिलाे दिनबाट नै लगातार बढ्दै गइरहेकाे चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडको सेयरमूल्यले आज (चैत्र १६ गते, सोमबार) बाट भने घट्न सुरू गरेकाे छ ।
सोमबार प्रिसेसन काराेबारमा ४.९५ प्रतिशतले बढेकाे कम्पनीकाे सेयरमूल्य काराेबार सुरूवात भएकाे केही मिनेटमै ओरालो लागेको छ । नियमित काराेबार सुरू भएकाे ५ मिनेट भित्रमै कम्पनीकाे सेयरमूल्य ४.०४ प्रतिशतले घटेर एक हजार ९ सय ९५ पुगेकाे थियाे ।
यस समाचार तयार पार्दासम्म पनि कम्पनीकाे सेयरमूल्य घटिरहेकाे छ । अहिले कम्पनीकाे सेयरमूल्य ६.६४ प्रतिशतले घटेर एक हजार ९ सय ४१ रूपैयाँमा झरेकाे छ ।
गत साता कम्पनीकाे सेयरमूल्य ६० दशमलव ९१ प्रतिशतले बढेर २ हजार ७९ पुगेकाे थियाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।