Like us!
Follow us!

ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका

ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका

लगानी खबर, काठमाडौँ - ग्लोबल आइएमई बैंक लिमिटेडले चैत्र १ गते, आइतबारबाट निष्कासन तथा बिक्री खुला गरेकाे ऋणपत्रमा आवेदन दिने आज (चैत्र १६ गते, साेमबार) अन्तिम दिन रहेकाे छ ।

बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याइएकाेमा ५ प्रतिशत सामूहिक लगानी काेषकाे हिस्सा रहनेछ । बैंकले ८ वर्ष अवधिको लागि ‘८.५ प्रतिशत, १० वर्ष ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ नाममा ऋणपत्र निष्कासन गरेकाे हाे ।

काे हाे बिक्री प्रबन्धक ?

बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेडले गरेकाे छ ।

कति दिने आवेदन ?

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60613c841866a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।