Like us!
Follow us!

सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक पनि चुन्यो

सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक पनि चुन्यो

लगानी खबर, काठमाडौं - सर्वोत्तम सिमेन्ट लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

कम्पनीले बुक विल्डिङ विधिबाट सर्वसाधारणमा आईपीओ निष्कासन तथा बिक्री गर्नका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको हो ।

कम्पनीले बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

त्यस्तै, कम्पनीले सहायक विक्री प्रबन्धकमा प्रभु क्यापिटल र एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले बुक विल्डिङ विधिबाट ६० लाख कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्न लागेको छ । जसमध्ये संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता, उद्योग प्रभावित स्थानियका लागि ८ लाख कित्ता र कम्पनीका कर्मचारीसहित अन्य सर्वसाधारणमा २८ लाख कित्ता छुट्याइएको छ । 

आईपीओको अंकित मूल्य रू. १०० भएपनि बुक विल्डिङ विधिबाट संस्थागत लगानीकर्ताहरुको मूल्याङ्कनका आधारमा सेयरमूल्य तय हुने कम्पनीले जनाएको छ । कम्पनीले आन्तरिक मूल्याङ्कन गर्दा प्रतिकित्ता रू. ७५० भन्दा बढी मूल्य कायम हुने जनाएको छ । हाल रू. ३ अर्ब ४० करोड चुक्तापूँजी रहेको उक्त कम्पनीको आईपीओ निष्कासन पश्चात रू. ४ अर्ब पुग्नेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।