लगानी खबर, काठमाडौं – नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले चैत्र १६ गते, साेमबारबाट आफ्ना सेयरधनीहरूको हितग्राही खातामा लाभांश पठाउने भएकाे छ ।
कम्पनीले चैत्र १३ गते, शुक्रबार सम्पन्न भएकाे तेर्हाैँ वार्षिक साधारण सभाबाट पारित भए बमाेजिम प्रतिशेयर ४० रूपैयाँका दरले नगद लाभांश बुकक्लाेज हुँदासम्म कायम रहेका सेयरधनीको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांश बापतको रकम सोही खातामा नै जम्मा गरिदिन लागेकाे हाे ।
हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूले आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखी हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न सक्नेछन् ।
यसका साथै, आफ्नो सेयर धिताे राखेका सेयरधनीहरुले लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाकाे स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
कम्पनीकाे सेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

                         
                        
                         प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
                                [email protected] मा पठाउनु होला।
                                समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
                                फेसबुक पेजका साथै ट्वीटर र
                                युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।